उद्याेगी विनोद चौधरीलाई कोरोना संक्रमण, देखिएन लक्षण

उद्याेगी विनोद चौधरीलाई कोरोना संक्रमण, देखिएन लक्षण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उद्योगी बिनोद चौधरीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनले आज बिहान आएको रिपोर्टमा आफू संक्रमित भएको पुष्टि गरेका छन् ।

चौधरीले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूलाई संक्रमण भएको बताएका छन् । उनले आफ्नो सम्पर्कमा आएका सबैलाई परीक्षण गराउन पनि आग्रह गरेका छन् । चौधरीले आफूलाई संक्रमणको लक्षण नदेखिएको बताएका छन् ।

‘प्रिय साथी र शुभेच्छुकहरु, कोरोनाको पीसीआर परीक्षण गर्दा आज बिहान ममा पोजेटिभ देखिएको छ । भगवानको कृपाले अहिलेसम्म कुनै लक्षणहरु देखिएको छैन’, उनले भने, ‘यद्यपि, मैले चिकित्सकहरुको सल्लाहअनुसार आफूलाई आइसोलेट गरेको छु । मसँग सम्पर्कमा आउनुभएका जोकहोही पनि सम्भावित जोखिमबाट जोगिनुहोला ।’