फोर्ब्सको अर्बपति सूचीमा खस्किए बिनोद चौधरी

फोर्ब्सको अर्बपति सूचीमा खस्किए बिनोद चौधरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली उद्योगी विनोद चौधरी फोर्ब्सको अर्बपति सूचीबाट तल झरेका छन् ।

फोर्ब्सले सार्वजनिक गरेको धानाढ्यहरूको ४५औं वार्षिक सूची अनुसार चौधरी २१४१ स्थानमा पुगेका हुन् । उनी अघिल्लो वर्ष उनी १५१३ स्थानमा थिए । यो वर्ष उनको सम्पति एक अर्ब ४० करोड अमेरिकी डलर रहेको छ ।

विश्वव्यापी महामारी कोभिड–१९ ले उनको सम्पत्तिमा उल्लेख्य वृद्धि हुननसक्दा उनको स्थान यो पटक खस्किएको हो । फोर्ब्सको सूचीमा प्रवेश हुँदा उनको सम्पति एक अर्ब अमेरिकी डलर थियो । चौधरीसँग नबिल बैंक र वाईवाई चाउचाउ उत्पादक सीजी फुड्सको स्वामित्व छ ।