प्रधानमन्त्री निवास अगाडि धर्ना बसेको आरोपमा बिनु र निहारिकाविरुद्ध मुद्धा

प्रधानमन्त्री निवास अगाडि धर्ना बसेको आरोपमा बिनु र निहारिकाविरुद्ध मुद्धा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाण्डु– प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि धर्नामा बसेको आरोपमा प्रहरीले महिला अधिकारकमी बिनु यादव र निहारिका राजपुतविरुद्ध मुद्दा दर्ता गराएको छ ।


बिहीबार प्रधानमन्त्री निवासको गेटबाहिर धर्नामा बसेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
दुवै जनाविरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको काठमाण्डु प्रहरी परिसरका एसपी पवन भट्टराईले जानकारी दिए ।


निषेधित क्षेत्रमा प्रदर्शन र हुलहुज्जत गरेकाले उक्त कारबाही गर्न लागिएको दाबी भट्टराईको छ ।

अदालतबाट पाँच दिन म्याद पथ गराएर अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ ।

बिनु र निहारिकालाई प्रहरी वृत्त मालिगाउँको हिरासतमा राखिएको छ ।

गृहमन्त्री सुधन गुरुङसँग भेट्न पाउनुपर्ने माग राखेर गत साता सिंहदरबार गेटमा धर्ना बस्न गएका उनीहरुमाथि प्रहरीले लछारपछार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

बिनु आफूमाथि भएको बलात्कार घटनाका दोषीमाथि कारबाही नभएको भन्दै आन्दोलन गर्दै आएकी छन् ।