इन्स्पेक्टर शाहीलाई आर्थिक अनियमितता आरोपमा निलम्बन सिफारिस

इन्स्पेक्टर शाहीलाई आर्थिक अनियमितता आरोपमा निलम्बन सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काडमाण्डु – प्रहरी प्रभाग भैसेपाटी ललितपुरकी प्रमुख इन्स्पेक्टर बिनुकुमारी शाहीलाई आर्थिक अनियमितता गरेको आरोपमा निलम्बन सिफारिस भएको छ । बलात्कार मुद्दामा हनि ट्यापिङ गर्दै पैसा असुलेको आरोपमा महानगरीय प्रहरी परिसर ललितपुरले इन्स्पेक्टर शाहीलाई निलम्बन सिफारिस गरेको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले शाहीलाई निलम्बन गरेर अनुसन्धान गर्न उपत्यका प्रहरी कार्यालयलाई सिफारिस गरिएको जानकारी दिएका छन् । प्रहरीमा अधिकृत तहका कर्मचारीलाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले निलम्बन गर्न सक्छ ।

भैँसेपाटी प्रहरी कार्यालयभित्रै शाहीको अगाडि एक युवतीले एक युवकलाई बोलाएर बलात्कारमा आफूले प्रहरी कार्यालयमा उजुरी दिएको भन्दै पैसाको बार्गेनिङ गरेकी थिइन् । शाहीकै अगाडि युवक र युवतीबीच ३० लाख दिने सहमति भएर युवकले २० लाख बैँक ट्रान्सफर र १० लाखको चेक बुझाएका थिए ।

ती युवा पैसा बुझाएर बाहिर आएपछि प्रहरी परिसर ललितपुरमा जानकारी गराएका थिए । परिसरले प्रारम्भिक अनुसन्धान गर्दा इन्स्पेक्टर शाहीको कमजोरी देखिएपछि निलम्बन सिफारिस गरिएको एसएसपी खनालले जानकारी दिए ।

प्रहरीले हनि ट्रयापिङमा पर्ने एसक युवक र युवतीलाई पनि नियन्त्रणमा लिएको छ ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीले इन्स्पेक्टर शाहीको जिम्मेवारी खोसेर उपत्यका प्रहरी कार्यालयमा हाजिर गर्न आउन भनेको छ ।

जिल्ला प्रहरी कार्यालयले डीएसपीको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेको छ ।