काठमाण्डु- धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मीले राजीनामा दिएका छन् ।
बीपी प्रतिष्ठानमा व्यापक अनियमितता भएको भन्दै छानबिन चलिरहेका बेला उनले शुक्रबार आफ्नो पदबाट राजीनामा दिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले प्रतिष्ठानमा भएको अनियमितताको छानबिन गर्ने र संलग्नमाथि कारबाही गर्ने बताएका थिए । डा. रेग्मीले सो छानबिनमा सहयोग गर्न राजीनामा दिएको बताएका छन् ।
यसअघि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लामो समय चिकित्सक र विद्यार्थीहरुले आन्दोलन गरेका थिए । सरकारले आन्दोलनकारीसँग सहमति गर्दै छानबिन गर्ने जनाएको थियो ।




प्रतिक्रिया