बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार रेग्मीले दिए राजीनामा

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार रेग्मीले दिए राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मीले राजीनामा दिएका छन् । 

बीपी प्रतिष्ठानमा व्यापक अनियमितता भएको भन्दै छानबिन चलिरहेका बेला उनले शुक्रबार आफ्नो पदबाट राजीनामा दिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले प्रतिष्ठानमा भएको अनियमितताको छानबिन गर्ने र संलग्नमाथि कारबाही गर्ने बताएका थिए ।  डा. रेग्मीले सो छानबिनमा सहयोग गर्न राजीनामा दिएको बताएका छन् ।

यसअघि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लामो समय चिकित्सक र विद्यार्थीहरुले आन्दोलन गरेका थिए । सरकारले आन्दोलनकारीसँग सहमति गर्दै छानबिन गर्ने जनाएको थियो ।