विपिन जोशीको शवमा प्रधानमन्त्री कार्कीद्वारा राष्ट्रिय झण्डासहित श्रद्धाञ्जलि अर्पण

विपिन जोशीको शवमा प्रधानमन्त्री कार्कीद्वारा राष्ट्रिय झण्डासहित श्रद्धाञ्जलि अर्पण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्कीले हमासको आक्रमणमा ज्यान गुमाएका नेपाली विद्यार्थी विपिन जोशीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेकी छन् ।

इजरायलबाट ल्याइएको विपिनको शव सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेपछि प्रधानमन्त्री कार्कीले स्वर्गीय जोशीप्रति श्रद्धाञ्जलि प्रकट गरेकी हुन् ।

श्रद्धाञ्जलि कार्यक्रममा ऊर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल लगायत मन्त्रीहरू, उच्च अधिकारी र सुरक्षाकर्मीहरूको पनि उपस्थिति थियो ।

कार्यक्रमपछि विपिनको पार्थिव शरीर नेपाली सेनाको स्काई ट्रकमार्फत धनगढी विमानस्थल पुर्‍याइने र त्यसपछि सुदूरपश्चिम पृतनाको समन्वयमा कञ्चनपुर लगिने बताइएको छ । विपिनको अन्तिम संस्कार उनको जन्मथलो कञ्चनपुरमै परिवारको उपस्थितिमा गरिनेछ ।

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणका क्रममा विपिनसहित २५१ जना बन्धक बनाइएका थिए । हालै युद्धविराम सम्झौता भएपछि हमासले रेडक्रसमार्फत विपिनको शव इजरायली सेनालाई हस्तान्तरण गरेको थियो ।

इजरायली सेनाले डीएनए परीक्षणपछि शव विपिन जोशीकै भएको पुष्टि गरेपछि इजरायल सरकारले नेपाल सरकारको समन्वयमा उनको पार्थिव शरीर स्वदेश पठाएको छ ।