विपिन जोशीको रिहाइ गर्न अन्तर्राष्ट्रिय समुदायलाई समितिको आग्रह

विपिन जोशीको रिहाइ गर्न अन्तर्राष्ट्रिय समुदायलाई समितिको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले विपिन जोशीको रिहाइका लागि हमास लगायत अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ ।

बिहीवार बसेको समितिको बैठकले विपिन जोशीको रिहाइका लागि विज्ञप्ति जारी गर्ने निर्णय गरेको हो । त्यस्तै विपिन जोशीको विना शर्त अविलम्ब रिहाइका लागि हमास लगायत अन्तर्राष्ट्रिय शक्तिहरूसँग आग्रह गर्ने जनाइएको छ ।

हमासको नियन्त्रणमा रहेका भनिएका कञ्चनपुरका विपिन जोशीको अवस्थाबारे कुनै जनाकारी छैन । नेपालले इजिप्टलाई पनि पत्र लेखेरै विपिनको मुक्तिका लागि पहल गरिदिन आग्रह गरेको जनाइएको छ ।

विपिनको परिवारले यस अघि नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउँदै रिहाइको अपिल गरेका थिए । उनीहरूले पटक पटक परराष्ट्र मन्त्री एनपी साउँदलाई भेटेरै रिहाइको पहल गर्न आग्रह गरेका थिए ।