राजनीतिमा च्यातिएको चप्पल र रित्तो खल्तीलाई मात्र इमान्दारीको प्रतीक नमानौँ : रास्वपा सहमहामन्त्री आचार्य

राजनीतिमा च्यातिएको चप्पल र रित्तो खल्तीलाई मात्र इमान्दारीको प्रतीक नमानौँ : रास्वपा सहमहामन्त्री आचार्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री विपिन आचार्यले राजनीतिमा च्यातिएको चप्पल र रित्तो खल्तीलाई मात्र इमान्दारीको प्रतीक मान्ने पाखण्ड बन्द गर्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्रीसहित मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्ति विवरणमाथि टिप्पणी हुन थालेपछि आचार्यले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ‘धनी हुनु कुनै पाप वा अपराध होइन । प्रश्न मान्छे कति धनी छ भन्ने होइन, बरु त्यो सम्पत्ति उद्यम र पसिनाले कमाएको हो कि भ्रष्टाचारले, अनि राज्यप्रति कति पारदर्शी छ भन्ने मात्र हो ।’

देश सधैं अभाव र आँसुको कथा बेचेर नबन्ने उनको तर्क छ। ‘एउटा बलियो र समृद्ध राष्ट्रको निर्माण ती मानिसहरूको जगमा पनि उभिन्छ, जसले समाजमा नयाँ गर्छन्, वैध रूपमा सम्पत्ति कमाउँछन् र पूर्ण जवाफदेही रहन्छन्। पारदर्शी समृद्धिको संस्कार नेपाली समाजले अब सिकाओस्,’ उनले लेखेका छन्।