काठमाण्डु– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् विपिनकुमार आचार्यले सदनको शून्य समयमा सांसदहरुले उठाउने गरेका जनताका सवाल कार्यान्वन नभएको भन्दै आपत्ति जनाएका छन् ।
बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले संसदमा सांसदले उठाएका विषय सरकारले कार्यान्वयन नगरेको भन्दै ध्यानाकर्षण गराए ।
जनताका पीडा, सांसदका प्रश्न र देशका मुद्धाबारे जति बोले पनि शून्यसरी बिलाएर जाने हो भने यसको नाम शून्य समय नभई ‘ब्ल्याक होल’ समय राख्न प्रस्ताव गरे ।
उनले शून्य समयलाई जनताको पीडा संसदमा प्रवेश गर्ने संवैधानिक ढोकाको संज्ञा दिँदै ढोका खोलेपछि बाटो पनि हुनुपर्ने उल्लेख गरे ।
शून्य समयउमा उठेका विषयहरु अभिलेखमा मात्र सीमित नगरी तत्काल सम्बन्धित मन्त्रालयहरुमा पठाउने र कार्यान्वयनको अवस्थाबारे सदनलाई जानकारी गराउने व्यवस्था मिलाउन माग गरे ।
‘यदि यो शून्य समयमा हामीले बोलेका कुराहरु सुनिन्छन्, टिपिन्टन् र कार्यान्वयनको प्रक्रियामा जान्छन् भने यसलाइ शून्य समय होइन । पूर्ण समय भनौं । यदि जनताका पीडा, सांसदका प्रश्न र देशका मुद्धाहरु जतिबोले पनि शून्यमा शून्यसरी बिलाएर जाने हो भने यसको नाम शून्य समय होइन । ‘ब्ल्याक होल’ समय राखौं’, आचार्यले भने, ‘ब्ल्याकहोलमा प्रकाशसमेत हराएजसरी संसदमा नागरिकको आजाव जनप्रतिनिधको जवाहफेदेहीता र सरकारको जिम्मेवारी हराउनु हहुँदैन । शून्य समम केबल बोल्ने औपचारिकता होइन, यो जनताको पीडा संसदमा प्रवेश गर्ने संवैधानिक ढोका हो । तर, ढोका खोलेपछि बाटो पनि हुनुपर्छ । त्यसैले मोरो पुनः स्पष्ट प्रस्ताव छ । शून्य समयउमा उठेका विषयायहरु अभिलेखमा मात्र सीमित नगरियोस् । ती विषयहरु तत्काल सम्बन्धित मन्त्रालयमा पठाइयोस् । निश्चित समयभित्र कार्यान्वयनको अवस्थाबारे संसदलाई जानकारी गराइयोस् । सांसद् बोल्ने सरकार नसुन्ने, जनता कराउने व्यवस्था नसुन्ने यो व्यवस्था अब अन्त्य हुनुपर्छ । यो समय शून्य होइन, जनताको आवाजको पूर्ण समय हुनुपर्छ ।’




प्रतिक्रिया