सहकारी छानबिन समितिले लियो रास्वपा सहमहामन्त्री आचार्यसँग बयान

सहकारी छानबिन समितिले लियो रास्वपा सहमहामन्त्री आचार्यसँग बयान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिन आचार्यसँग सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आइतबार बयान लिएको छ।

सिंहदरबारस्थित सचिवालयमा सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामा जाँदा आचार्यको तर्फबाट गएकोबारे समितिले समितिले सोधपुछ गरेको संयोजक सांसद सूर्यबहादुर थापाले जानकारी दिए ।

गोर्खा मिडियामा क्रिएटिभ डाइरेक्टर रहेका आचार्यले समितिसँग सहकारीको रकम अपचलनमा आफ्नो कुनै भूमिका नभएको बताए ।

समितिले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा विभिन्न व्यक्तिलाई बोलाएर बयान तथा छलफल गर्दै आएको छ।