विपीन जोशी जीवित या मृत कुनै प्रमाण भेटिएन

विपीन जोशी जीवित या मृत कुनै प्रमाण भेटिएन

परिवार भन्छ–उनी छुट्नेमा अहिले पनि आशावादी छौं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – इजरायलमा हमासद्वारा नियन्त्रणमा लिइएका नेपाली युवा विपिन जोशीको अवस्था अहिलेसम्म पनि स्पष्ट भएको छैन ।

जोशी जीवित वा मृत रहेको प्रमाण अहिलेसम्म नभेटिएको इजरालयस्थित नेपाली दूतावासका द्वितीय सचिव कुमार श्रेष्ठले जानकारी दिए ।

इजरायली सेना आईडीएफका अधिकारीहरूले विपिन जीवित नरहेको औपचारिक जानकारी दिएको इजरायलका लागि नेपाली राजदूत धन प्रसालद पण्डितले बीबीसी नेपाली सेवालाई बताएका छन् ।

बन्धक बनाइएकामध्ये ४८ जना अझै गाजामा रहेका र तीमध्ये केवल २० जना जीवित भएको हमासले सूची सार्वजनिक गरेको छ ।

इजरायल र हमासबीच युद्धविराम भएपछि सोमबारदेखि बन्धकहरू मुक्त हुन थालेका छन् । हमासले पहिलो चरणमा ७ इजरायली नागरिकलाई हस्तान्तरण गरेको छ ।

द्वितीय सचिव श्रेष्ठले भने, ‘जीवित भनिएका २० जना बन्धकको सूचीमा विपिनको नाम छैन । तर इजरायलले आधिकारिक पुष्टि गरेको छैन । ‘विपीज जीवित वा मृत छन् भन्न सकिदैन’, श्रेष्ठले काठमाण्डुपाटीसँग कुरा गर्दै भने ।

सन् २०२३ मा हमासको नेतृत्वमा इजरायलमा भएको आक्रमणपछि जोशीसहित २५१ जनालाई बन्धक बनाएका थिए । उक्त आक्रमणमा १० नेपालीसहित १,२०० जनाको मृत्यु भएको थियो ।

यसबीच विपिनका परिवारिक सदस्य किशोर जोशीले मुक्त हुन लागेका २० जना बन्धकमा विपिनको नाम नरहेको इजरायली सरकारका तर्फबाट जानकारी आएको बताएका छन् ।

‘आज छुट्ने लिष्टमा विपिनको नाम छैन फेरि पनि हामी निरन्तर अपडेट गर्छौं भनेर इजरायलबाट भनिएको छ,’ जोशीले भने, ‘अहिले छुट्नेमा विपिनको नाम नरहे पनि हामी उनी छुट्नेमा पूर्ण आशावादी छौं, अहिले नै उनी छैनन् भन्न मिल्दैन।’

जोशीका अनुसार सोमबार बिहान इजरायली प्रतिनिधि, संयुक्त राज्य अमेरिकाबाट विपिनका आमा र बहिनी, इजरायलस्थित नेपाली राजदूत र आफूसहितको भिडियो कन्फरेन्स भएको हो।

विपिनको नाम जीवित बन्धकको सूचीमा नरहेको समाचार प्रकाशित भइरहेका बेला विपिनको परिवारले अर्को चरणमा छुट्नेमा आशा रहेको जनाएको छ।

विपिनका आमा र बहिनी उनको खोजी कार्यमा पहल गर्न अहिलेअमेरिका पुगेका छन् भने बुवा महानन्द जोशी महेन्द्रनगरमा छोरा विपिनको व्यग्र प्रतीक्षामा छन्।