काठमाण्डु– हमासको आक्रमणमा परी ज्यान गुमाएका विपीन जोशीको महाकाली नदी किनारमा अन्त्येष्टि गरिएको छ।
उनको मंगलबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।
बिहान ८ बजे विपीनको निवास (भीमदत्त नगरपालिका) बाट शवयात्रा निकालेर महाकाली नदीको भुजेला घाटमा अन्त्येष्टि गरिएको हो।
अन्त्येष्टिअघि विपीनलाई शसत्र प्रहरीले शलामी अर्पण गरेका थिए ।

इजरायल–हमास युद्धका क्रममा जोशी गत २०२३ अक्टुबर ७ मा हमासले गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । उनी अध्ययनको सिलसिलामा इजरायल पुगेका हुन् ।
इजरायलबाट सोमबार मात्र जोशीको शव नेपाल ल्याइएको थियो । नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बाससहितका तीन जना इजरायली प्रतिनिधिको टोलीसहित जोशीको शव काठमाडौंबाट नेपाली सेनाले स्काई ट्रकमा धनगढी विमानस्थलमा सलामी अर्पण गरेर परिवारलाई बुझाएको थियो ।











प्रतिक्रिया