काडमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ समुहका एक नेता पक्राउ परेका छन् । विप्लव समूह झापाका मेचिनगर इन्चार्ज यामकुमार गिरीलाई प्रहरीले शुक्रबार काठमाडौंको तिनकुनेबाट पक्राउ गरेको हो ।
झापाको बिर्तामोडमा रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको केन्द्रिय कार्यालयको निर्माणाधिन भवनमा बम बिष्फोटन गराई क्षेती पुर्याई फरार रहेका थिए । प्रहरीले उनीमाथि अनुसन्धान भइरहेको जनाएको छ ।




प्रतिक्रिया