काठमाण्डु – सरकारसँग वार्ता गर्नका लागि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पनि वार्ता टोली गठन गरेको छ ।
विप्लव नेतृत्वको नेकपाले प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको हो । वार्ता टोलीमा प्रकाण्डसँगै नेता दीपक चलाउने रहेको छन् ।
यसअघि सरकारले आज मंगलबार नै विप्लव समूहसँग वार्ताका लागि गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो । टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई छन् ।
सरकारले वार्ता टोली गठन गरेर सार्वजनिक भए लगत्तै विप्लव समूहले पनि वार्ता टोली गठन गरेको हो । सरकारका प्रवक्ता पार्वत गुरुङले विप्लव समूहसँग छिट्टै वार्ता हुने पत्रकार सम्मेलनमा बताएका छन् ।




प्रतिक्रिया