काठमाण्डु – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई मतदान गर्न अपिल गरेको छ । आइतबार नेकपाका महासचिव विप्लवले अपिल जारी गर्दै यहि बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा देशभक्त एवम् जनवादी स्वतन्त्र उम्मेदवारहरूलाई मतदान गर्न अपिल गरेका हुन् ।
उनले भनेका छन्, ‘हाम्रो जनप्रिय एवम् गौरवशाली पार्टी नेपाल कम्युनिष्ट पार्टीले हालै हुन गैरहेको स्थानीय चुनावमा एमसीसी एवम् राष्ट्रघात विरोधी देशभक्त, जनवादी प्रतिनिधिहरूलाई सहभागी गराउने र सहयोग गर्ने नीति र निर्णय पारित गरेको छ । यही नीतिअनुसार २०७९ वैशाख ३० गते हुने चुनावमा पुतली चुनाव चिन्ह लिएर उम्मेदवार हुनुभएका साथै अन्य कयौं स्थानमा अन्य चिन्ह जस्तो कि लठ्ठी, हाँस, धरहरा आदि लिएर उठेका देशभक्त, जनवादी स्वतन्त्र उम्मेदवारहरूलाई सहयोग र समर्थन गर्ने नीति लिएको जानकारी गराउँदछौं ।’





प्रतिक्रिया