अध्यादेश प्रमाणीकरणको माग गर्दै नेकपा निकट विद्यार्थी उत्रिए प्रदर्शनमा, २ जना पक्राउ


काठमाण्डु- बन्दीहरु रिहाइसम्बन्धी अध्यादेश प्रमाणीकरणको माग गर्दै विप्लव नेकपा निकट अनेरास्ववियू क्रान्तिकारीले प्रदर्शन गरेको छ ।

मंगलबार पार्टीको केन्द्रीय कार्यक्रमअनुसारप्रदर्शनी मार्गमा पार्टीनिकट विद्यार्थीहरुले सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन र बन्दीहरु रिहाइसम्बन्धी अध्यादेश प्रमाणीकरणको माग गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शन उत्रिएका २ जना विद्यार्थी पक्राउ परेका छन् ।

पार्टीले अध्यादेश प्रमाणीकरण हुनुपर्ने, बन्दीहरू रिहा गरिनुपर्ने, सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गरिनुपर्ने माग गर्दै विभिन्न जिल्लामा पनि प्रदर्शन गरिरहेको छ । सरकारले रेशम चौधरी र विप्लवका कार्यकर्ताहरु रिहाइका लागि अध्यादेश ल्याएको थियो ।

सरकारले उक्त अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गरेको छ । तर, राष्ट्रपति विद्यादेवी भण्डारीले भने उक्त अध्यादेश प्रमाणीकरण नगर्ने संकेत गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement