विप्लवद्वारा न्यायाधीशको पुत्ला दहनदेखि देशव्यापी जनप्रदर्शन गर्ने घोषणा

विप्लवद्वारा न्यायाधीशको पुत्ला दहनदेखि देशव्यापी जनप्रदर्शन गर्ने घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल कम्युनिस्ट पार्टीले अदालतबाट जारी भएको पक्राउ पुर्जीको विरोधमा आन्दोलनको घोषणा गरेको छ । मंगलवार महासचिव नेत्रविक्रम चन्द विप्लवले विज्ञप्ति जारी गर्दै पक्राउ पुर्जी गरिनु गैरकानूनी, अराजक र विध्वंसात्मक कार्य भएको बताएका हुन् ।

सरकारसँग भएको सम्झौताविपरीत पक्राउ पुर्जी जारी गरेको भन्दै उनले आन्दोलन घोषणा गरेको बताए । आन्दोलन अनुसार आज मसाल जुलुस प्रदर्शन गर्ने, भोलि न्यायाधीशको पुत्ला जलाउने र २१ गते २ बजे देशव्यापी जनप्रदर्शन गर्ने कार्यक्रम तय भएको छ ।

विज्ञप्तिमा काठमाण्डु जिल्ला अदालतले २०७६ साल पुसको मुद्दा ब्युँताएर मंसिर १८ गते महासचिव विप्लवसहित नेताहरु खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ माइला लामा गायतका नाममा पक्राउ पुर्जी जारी गरिएको उल्लेख छ । जिल्ला अदालत काठमाण्डुले विप्लवसहित सो पार्टीका नेताहरू खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, माइला लामा तथा राजु कार्कीविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ ।