‘नेपाललाई हामी आफैंले फेर्ने हो’ भन्दै विप्लवले गरे आमसभामा सहभागी हुन आह्वान

‘नेपाललाई हामी आफैंले फेर्ने हो’ भन्दै विप्लवले गरे आमसभामा सहभागी हुन आह्वान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले कात्तिक २० गते स्वाधीनता र समाजवाद पक्षधरलाई काठमाण्डु बोलाएका छन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुक मार्फत विप्लवले स्वाधिनता र समाजवादका पक्षमा उभिन आह्वान गर्दै बृहत् आमसभामा सहभागी हुन समाजवाद पक्षधरलाई बोलाएका हुन् ।

उनले नेपाललाई अरूले नभई आफैँले फेर्ने हो भन्दै उनले जब भ्रष्ट, कमिसनखोर, तस्करहरू समाप्त हुन्छन् तब देशले आत्मसम्मान सहित उन्नति हासिल गर्ने स्पष्ट पारेका छन् ।

उनले लेखेका छन् ‘नेपाललाई अरूले होइन हामी आफैंले फेर्ने हो। अरूले होइन नेपालीले नै चलाउने हो। जब भ्रष्ट, कमिसनखोर, तस्कर, दलाल, परजीवीहरू समाप्त हुनेछन् देशले आत्मसम्मान सहित उन्नति हासिल गर्नेछ । स्वाधीनता र समाजवादका पक्षमा उभिन कात्तिक २० गते काठमाडौंमा भेटौ साथीहरू ।’