काठमाण्डु – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बिहीबार काठमाण्डुमा जनप्रदर्शन गर्दैछ।
भृकुटीमण्डमा दिउँसो १ बजे जनप्रदर्शनसहितको जनसभा गरिन लागिएको हो ।
सुन्धाराबाट मध्याह्न १२ बजे प्रदर्शन सुरु हुने र भृकुटीमण्डपमा पुगेर जनसभामा परिणत हुने पार्टीले जनाएको छ।
सुन्धाराबाट सुरु भएको प्रदर्शन भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुनेछ। सभालाई महासचिव विप्लवले सम्बोधन गर्ने कार्यक्रम छ।
विप्लव समूहका चिरन पुन पार्टीबाट विद्रोह गर्दै बुधबार १० वाम घटकसँग एकभएपछि यो जनप्रदर्शन हुन लागेको हो। विप्लव भने वाम एकता कार्यक्रममा सहभागी भएका छैनन् ।
लामो समय विद्रोहको एजेन्डा बोकेको विप्लवको पार्टीले पछिल्लो समय भए निर्वाचन आयोगमा दल दर्तासमेत गरिसकेको छ। दल दर्ता गर्दा आयोगमा उनको पार्टीको नाम कम्युनिस्ट पार्टी नेपाल राखिएको छ।




प्रतिक्रिया