विप्लवसहितका नेताविरुद्ध पक्राउ पूर्जी जारी

विप्लवसहितका नेताविरुद्ध पक्राउ पूर्जी जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव)लगायतका नेता विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।सोमबार ललितपुर जिल्ला अदालतले महासचिव विप्लवसहित खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लगायतका नेतालाई पक्राउ गर्न आदेश दिएको हो।

ललितपुर जिल्ला अदालतले उनीहरूविरूद्ध हातहतियार तथा खरखजाना समेतको मुद्दा, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान, राज्य विरुद्धको अपराध समेतको मुद्दा, हातहतियार तथा विस्फोटक पदार्थ सम्बन्धी कसुरको मुद्दा लागेको भन्दै पक्राउ पुर्जी जारी गरेको छ।

उनीहरूमाथि लागेका यी मुद्दाहरूमा म्याद बेपत्ते तामेल भएकाले २०७९ साउन ६ गतेको आदेशअनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५८ को १३ अनुसार ३५ दिने पक्राउ पुर्जी जारी गरिएको ललितपुर जिल्ला अदालतले जनाएको छ।