काठमाण्डु – नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लवले गृहमन्त्री रामबहादुर थापा बादलसँग भेट गरेका छन् ।
महासचिव विप्लवले शनिबार बिहान पुल्चोकस्थिति मन्त्रीनिवास पुगेर गृहमन्त्री थापासँग भेटवार्ता गरेका हुन् ।
भेटमा कार्यकर्ता रिहा, मुद्दा फिर्ता लगायत समसामयिक राजनीतिक विषयमा कुराकानी भएको गृहमन्त्री थापाका प्रेस सल्लाहकार किरण भट्टराईले जानकारी दिए ।
सरकारले नेकपाका विप्लव समुहलाई प्रतिबन्ध लगाएपछि विप्लव भूमिगत बनेका थिए । बिहीबार सरकार र नेकपाबीच तीनबुँदे सहमति भएपछि त्यसको भोलिप्लट शुक्रबार विप्लव सार्वजनिक भएका हुन् ।




प्रतिक्रिया