विप्लव नेकपाको बन्दका कारण यात्रुलाई सास्ती

विप्लव नेकपाको बन्दका कारण यात्रुलाई सास्ती

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दका कारण यात्रुहरुले सास्ती पाएका छन् । विप्लव’ नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दका कारण आज बिहानैबाट काठमाण्डु उपत्यकामा सार्बजनिक सवारीका साधन नचल्दा सर्बसाधरण मर्कामा परेका छन ।

मंगलबार बिहानैबाट सार्बजनिक यातायातका साधन नचल्दा काममा जान हिँडेका सर्बसाधरण बिचल्लीमा परेका छन । काठमाण्डुकाे  नयाँ बसपार्क, कलंकी, कोटेश्वर, बल्खु लगायतका ठाउँमा रहेका यात्रुले गन्तव्यमा जानको लागि सबारी साधन पाएका छैनन्। काठमाण्डुकाे चोकचोकमा बिहानैबाट बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ ।