विप्लवलाई वार्तामा ल्याउने भए पहिले प्रतिबन्ध हटाउनुपर्छ : प्रचण्ड

विप्लवलाई वार्तामा ल्याउने भए पहिले प्रतिबन्ध हटाउनुपर्छ : प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा प्रचण्ड माधव समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहलाई वार्तामा ल्याउने भए पहिले प्रतिबन्ध हटाउनु पर्ने बताएका छन् ।

शुक्रबार ललितपुरमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रचण्डले विप्लव वार्तामा आए आफूहरुको समर्थन रहने बताए । साँच्चै वार्ताप्रति इमानदारितापूर्वक ढंगले विप्लवलाई पनि ल्याउन चाहनुभएको भए सबैभन्दा पहिले प्रतिबन्ध हटाउनुप¥यो ।

प्रतिबन्ध पनि राखिराख्ने वार्ता पनि गर्ने भन्ने त अन्तरविरोधी कुरा हुन्छ । आउने हो वार्तामा भने हाम्रो समर्थन छ,’’ प्रचण्डले भने । विप्लवलाई प्रतिबन्ध लगाउने बेलामा पार्टीमा र आफूसँग पनि छलफल नगरेको प्रचण्डले गुनासो समेत गरे ।