भोजपुर घटनामा हाम्रो तर्फबाट गोली चलेको छैन : विप्लव

भोजपुर घटनामा हाम्रो तर्फबाट गोली चलेको छैन : विप्लव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले भोजपुरमा आफ्नो तर्फबाट गोली नचलेको दाबी गरेको छ ।

बुधबार बिहान भोजपुरमा भएको दोहोरो भिडन्तमा ओखलढुंगा जिल्ला इन्चार्ज नीरकुमार राईसहित प्रहरी जवान सञ्जीव राईको मृत्यु भएको प्रहरीको दाबी छ ।

विप्लव नेतृत्वको उच्च स्रोतले भन्यो, ‘हाम्रो तर्फबाट गोली चलाउने कुनै नीति छैन ।’
युद्ध चाहनेहरुले नै भयंकर ठूलो चाल चलिरहेको बताउँदै प्रहरीको ज्यान गएको भन्ने सञ्चारमाध्यममा आएको समाचारको स्वतन्त्र पुष्टि हुनुपर्ने बताएको छ ।

‘प्रहरीले घेराबन्दी गरेपछि हाम्रा नेता–कार्यकर्ताले आत्मरक्षाका लागि गोली चलाएको हुन सक्ने भएपनि त्यो सम्भावना देखिँदैन । प्रहरीमाथि आक्रमण गरेर आफ्नो जीवन सुरक्षा गर्ने भन्ने सर्कुलेसन हाम्रो पार्टीले कसैलाई पनि दिएको छैन,’ स्रोतले भन्यो ।

भोजपुरमा भएको घटनालाई भिडन्त भन्न नमिल्ने विप्लव उच्च स्रोतको दाबी छ ।