विप्लव समूहका सबै नेता भूमिगत


काठमाडौं – सरकारले नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माथि प्रतिबन्ध लगाएपछि विप्लव समूहका सबैजसो नेता भूमिगत भएका छन्। सर्वसाधारणको ज्यान नै जाने गरी बम विस्फोटन र चन्दा मागेर त्रास र्सिजना गरेको भन्दै मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले विप्लव समूहमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको थियो।

उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले वार्तामा बोलाउँदासमेत नआएपछि सरकारले प्रतिबन्ध लगाउन परेको जानकारी दिएका थिए। उनका अनुसार प्रधानमन्त्री ओलीले उक्त बैठकमा विप्लव समूहको गलत क्रियाकलाप बन्द गर्न कठोर कदम चाल्नुपर्ने अवस्था र्सिजना भएकाले सरकार चुप लागेर बस्न नहुने बताएका थिए।

गत शुक्रबार सिके राउत समूहसँगको सहमति घोषणा कार्यक्रममा प्रधानमन्त्री ओली निकै कडा रुपमा प्रस्तुत भएका थिए। उनले विप्लवलाई राजनीतिक दल नभएर लुटेरा समूह भएको आरोपसमेत लगाएका थिए। सरकारले प्रतिवन्ध लगाएपछि उक्त समूहका सबैजसो नेता भूमिगत भएका छन्। यसअघि विप्लव भूमिगत रुपमा गतिविधि गर्दै आए पनि केन्द्रीय स्तरका कतिपय नेता खुला राजनीतिमा थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement