प्रहरीले काठमाडौंबाटै किन गिरफ्तार गर्यो विप्लवका दाईलाई ?

प्रहरीले काठमाडौंबाटै किन गिरफ्तार गर्यो विप्लवका दाईलाई ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य  चन्द्रबहादुर चन्द पक्राउ परेका छन् ।  पार्टीको लुम्बिनी व्यूरोको इन्चार्ज समेत रहेका चन्द नेकपाका महासचिव विप्लवका सहोदर भाई समेत हुन ।  

 

 

 

उनलाई काठमाडौंबाट पक्राउ गरिएको छ ।  पार्टीमा विरजंग नामले परिचित चन्द छोराको उपचारका लागि काठमाडौं आएका बेला प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

 

पछिल्लो समय देशका विभिन्न ठाउमा चुनाव विरोधी गतिविधी बढेपछि प्रहरीले विप्लव माओवादीका नेता कार्यकर्तालाई पक्राउ गरिरहेको छ ।  देशका विभिन्न भागमा राजनीतिक दल र उम्मेदवारहरुलाई लक्षित गरेर भएका बम विस्फोटमा विप्लव माओवादीको हात रहेको सुरक्षा निकायको दाबी छ ।

 

तर, विप्लव माओवादीले भने जनताले घटना स्वस्फुर्त रुपमा घटाएको दाबी गर्दै आएको छ ।  दुई साता यता प्रहरीले विप्लव माओवादीका एक दर्जनभन्दा बढी केन्द्रीय नेता पक्राउ गरिसकेको छ ।