विप्लव नेतृत्वको नेकपाले गर्‍यो चुनाव विरोधी कार्यक्रमको घोषणा

विप्लव नेतृत्वको नेकपाले गर्‍यो चुनाव विरोधी कार्यक्रमको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विप्लव नेतृत्वको नेकपाले निर्वाचन विरोधी कार्यक्रमको घोषणा गरेको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर सो पार्टीले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव प्रतिरोध गर्ने घोषणा गरेकाे हाे ।

निर्वाचन खारेज अभियानलाई प्रभावकारी बनाउन देशव्यापी रुपमा चुनावको भण्डाफोर, वालिङ, पर्चा वितरण, जुलुस र सभाहरूको व्यापक आयोजना गर्ने नेकपाको निर्णय छ । यस्तै जनतालाई चुनावमा भाग नलिन समेत अपिल गर्ने निर्णय गरेको छ ।