काठमाण्डु – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले संसदीय व्यवस्थामै समस्या रहेको जनाएको छ ।
शनिबार महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै वर्तमान राजनीतिक संकटलाई सरकारको मात्र असफलता बताउन नहुने भन्दै फेरि संसदीय व्यवस्थाकै चुनाव घोषणा गर्नु देशलाई अझै संकटमा धकेल्ने चाल भएको उल्लेख गरेका छन् ।
वर्तमान राजनीतिक संकटको समाधान जनमतसंग्रहबाट मात्र हुने उनको दाबी छ । जनमतसंग्रहका लागि राजनीतिक दलहरु तयार हुने भए त्यसका लागि संयुक्त सरकार बनाएर निकासका लागि आफ्नो पार्टी तयार रहेको समेत उनले बताएका छन् ।





प्रतिक्रिया