सरकार र विप्लव नेतृत्वको नेकपाबीच पहिलो चरणको वार्ता सकियो

सरकार र विप्लव नेतृत्वको नेकपाबीच पहिलो चरणको वार्ता सकियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीचको पहिलो चरणको वार्ता सकिएको छ ।

बुधबार बिहानबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको पहिलो चरणको वार्ता सकिएको हो । वार्ता सकारात्मक रुपमा अगाड बढिरहेको स्रोतले जानकारी दियो । पुनः दोस्रो चरणको वार्ता गर्नेगरी दुवै पक्ष बालुवाटारबाट बाहिरिएका छन् ।

सरकारी वार्ता टोलीका सदस्य डा. राजन भट्टराईले आजको वार्ता सकारात्मक रुपमा अगाडि बढेको बताएका छन् । ‘वार्ता सकारात्मक दिशाउन्मुख छ’, उनले भने ।

वार्तामा सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामवहादुर थापा ‘बादल’ र प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई छन् भने विप्लव नेतृत्वको नेकपाका वार्ता टोली संयोजक खड्गवहादुर विश्वकर्मा र दीपक चलाउने रहेका छन् ।

वार्तामा विप्लव समूहले आफूमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न र पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्तालाई बिना सर्त रिहाइ गर्न माग गरेको छ ।