भोजपुर – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका भोजपुर जिल्ला सेक्रेटरी हतियारसहित पक्राउ परेका छन् । भोजपुर नगरपालिका १० स्थित गजुरमुखी भीर नजिकैबाट बमबहादुर विष्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
विष्टको साथबाट दुई थान इटालियन अटोमेटिक पेस्तोल, हाते ग्रिनेड, पार्टीका दस्तावेज र चन्दाका लागि लेखिएका पत्रहरु बरामद गरिएको छ।
यसअघि भोजपुरमा प्रहरी र विप्लव समूहबीच झडप हुँदा विप्लव समूह र नेपाल प्रहरीका गरी दुईजनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा प्रहरी जवान सञ्जीव राई र विप्लवका कार्यकर्ता ओखलढुंगा जिल्ला इन्जार्च ३५ वर्षीय नीरकुमार राई थिए ।




प्रतिक्रिया