विप्लव समूहविरुद्ध सेना परिचालन भएकै हो? यस्तो छ नेपाली सेनाको स्पष्टीकरण


काठमाडौं – केहि दिनदेखि कालीकोट लगायतका जिल्लामा विप्लव माओवादीविरुद्ध सेना परिचालन भएको भन्ने समाचारहरु कतिपय मिडियामा आउन थालेपछि नेपाली सेनाले विज्ञप्ती निकालेको छ । जसका कारण कतिपयलाई लाग्न सक्छ- के विप्लव समूहको गतिविधि रोक्न सेना परिचालन भएकै हो त?

तर, सेना परिचालन गर्ने छुट्टै विधि छ। सुरुमा राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसमा मन्त्रिपरिषद्ले सेना परिचालन निर्णय गरी राष्ट्रपतिलाई जानकारी गराउनुपर्ने कानुनी प्रावधान छ। सुरक्षा परिषद्को सिफारिसबिनै नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीविरुद्ध सेना परिचालन भएका खबरहरु आएका छन्। यसबारे नेपाली सेनाले गम्भीर ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति निकालेर खण्डन गरेको हो ।

नेपाली सेनाले विहीबार एक विज्ञप्ति जारी गर्दै केही दिनदेखि आइरहेका टीकाटिप्पणीहरुप्रति आफ्नो ध्यानाकर्षण भएको बताएको छ । नेपाली सेना अहिले पूर्वनिर्धारित तालिम, सैन्य अभ्यास र स्वास्थ्य शिविरमा केन्द्रित रहेको विज्ञप्तिमा स्पष्ट पारिएको छ । सेनाको विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान अवस्थामा नेपाली सेना आफ्नो पूर्व्निर्धा्रित तालिम, सैनिक अभ्यास तथा स्वास्थ्य शिविरलगायतका नियमित कार्यहरुमा केन्द्रित भएको हुँदा यस्ता समाचारहरुबाट भ्रममा नपर्न नेपाली सेना आग्रह गर्दछ ।’

नेपाली सेनाले अगाडि भनेको छ, ‘नेपाली सेना नेपालको संविधान, सैनिक ऐन र नेपाल सरकारको नीति तथा निर्देशन अनुसार सञ्चालन हुने संस्था भएकोले नेपाली सेना आफ्नो जिम्मेवारी प्रति सजग छ । सोही आधारभूत मान्यतामा नेपाली सेना सदैव अडिग रहेको समेत स्मरण गराउँदछौँ ।’
आफ्नो पूर्व निर्धा्रित तालिम, सैनिक अभ्यास तथा स्वास्थ्य शिविर लायतका नियमित कार्यहरुमा केन्द्रित भएका कुरालाई सञ्चारमाध्यमले सेना परिचालन भनेर व्याख्या गरेको भन्दै उक्त कुराको सेनाले खण्डन गरेको छ।

जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली सेना नेपालको विधान, सैनिक ऐन र नेपाल सरकारको नीति तथा निर्देशन अनुसार सञ्चालन हुने संस्था भएकाले नेपाली सेना आफ्नो जिम्मेवारीप्रति सजग छ। सोही आधारभूत मान्यतामा नेपाली सेना सदैव अडिग रहेको समेत स्मरण गराउँछौं।’

 विज्ञप्ति :

प्रतिक्रिया दिनुहोस
Advertisement