काठमाडौं – गत साता सर्लाहीको लालबन्दीमा प्रहरीको गोली प्रहारबाट विप्लवका जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्यु भएको घटनाप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्माले आपत्ती जनाएका छन् ।
आइतबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेता शर्माले संविधान हुँदाहुँदै यसबाट बाहिर गएर निर्ममतापूर्वक पौडेलको हत्या हुनु खेदजनक रहेको भन्दैे आपत्ती जनाए ।
‘पौडेललाई समातेर, निर्ममता ढंगले हात खुट्टा छियाछिया पारेर गोली ठाकेर हत्या गरिएको भन्ने सुन्नमा आएको छ । मलाई त्यो बेला धनमायाको हत्याको आद आयो’ उनले भने, ‘यथार्थ के हो ? तत्काल गृहमन्त्रीले यसबारे जवाफ दिनुपर्छ’ ।
शर्माले पौडेलेको हत्याले पञ्चायतकालमा बर्बरतापूर्वक धनमायाको हत्या भएको याद आएको बताउँदै वर्तमान सरकारको शैली पञ्चायतको भन्दा फरक नभएको बताए । बैठकमा शर्माले गृहमन्त्रीलाई तत्काल बोलाएर पौडेलको हत्या विषयमा सर्वत्र प्रश्न उठेको भन्दै घटनाबारे सत्यतथ्य सार्वजनिक गर्न जवाफ माग गरे ।
शर्माले यस्तो प्रवृत्तिलाई बेलैमा कारबाही नगर्दा परिवर्तित व्यवस्थाप्रति नै प्रश्न उठने सक्ने बताए । नेता शर्माले निलम्बित सांसद रेशम चौधरीलाई नेल लगाएर उपचार गरेकोमा पनि आपत्ती जनाए ।
उनले भने, ‘यी जुन घटना भइरहेका छन् यसलाई संघीय गणतन्त्रसँग जोडेर मास भड्काउने काम भइरहेको छ । यसमा सरकारको ध्यान जाओस् । उनले लोकसेवाको विज्ञानपनमा पनि मास भड्काउने काम भएको दाबी गरे ।




प्रतिक्रिया