म्याग्दीमा विप्लवका जिल्ला इन्चार्ज र सेक्रेटरी पक्राउ

म्याग्दीमा विप्लवका जिल्ला इन्चार्ज र सेक्रेटरी पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेनी – म्याग्दीमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाका जिल्ला इञ्चार्ज र सेक्रेटरी पक्राउ परेका छन् । जिल्ला इन्चार्ज नकाल क्षेत्री (विकिरण) र सेक्रेटरी बाबुलाल शाक्यलाई बेनी नगरपालिका-३ नयाँपुलबाट सोमबार साँझ पक्राउ गरिएको प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासीनीले विशेष सुराकीको आधारमा ग्रामिण क्षेत्रतर्फ जाँदै गरेका उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए। ४२ वर्षीय क्षेत्री रुकुमको सानीभेरी गाउँपालिका-२ र ४८ वर्षीय शाक्य बागलुङ नगरपालिका-३ का हुन्।

उनीहरुको साथबाट ध १ प २१७० न को यामाहा मोटरसाइकल र तीन थान मोबाइल सेट बरामद भएको प्रहरीले जनाएको छ। दुवैमाथि स्थानीय तहका पदाधीकारी, व्यापारी तथा कर्मचारीलाई धम्काई जबरजस्ति चन्दा असुलि गरेको, म्याग्दीमा रहेका ५ वटा एनसेलको टावरमा आगजनी गराएको आरोप छ।