विप्लवका पूर्वजनसरकार प्रमुख विजयसिंह लिम्बु नेकपामा प्रवेश

विप्लवका पूर्वजनसरकार प्रमुख विजयसिंह लिम्बु नेकपामा प्रवेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ताप्लेजुङ – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपाका पूर्वजनसरकार प्रमुख विजयसिंह लिम्बु नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन्।

बुधबार नेकपा ताप्लेजुङले औपचारिक कार्यक्रम गरेर लिम्बुलाई पार्टी प्रवेश गराएको हो। प्रदेशसभा सदस्य लक्ष्मी अङछङवो, जिल्ला अध्यक्ष विजयप्रकाश बनेमलगायतले लिम्बुलाई पार्टीमा स्वागत गरे।

प्रहरीले लिम्बुलाई साउन २२ गते फक्तङलुङ गाउँपालिकास्थित घरैबाट पक्राउ गरेको थियो। उनी भदौ १० गते छुटेका थिए। ‘विभिन्न अरोप खेपेर हिरासतमा बस्न सकिन,’ लिम्बुले भने,‘अब पुरानै पार्टीमा फर्किएको छु।’