प्रहरीको गोली लागेर विप्लव कार्यकर्ताको मृत्यु

प्रहरीको गोली लागेर विप्लव कार्यकर्ताको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरीले चलाएको गोली लागेर भोजपुरमा विप्लव समूहका एक कार्यकर्ताको मृत्यु भएको छ ।

भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका–२ स्थित मैयुङ्ग क्षेत्रको धोद्रे जङ्गलमा मंगलबार दिउँसो प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच भएको दुईपक्षीय मूठभेडमा प्रहरीको गोली लागेर घाइते भएका तीर्थराज घिमिरेको गएराती मृत्यु भएको हो ।

उपचारका लागि लैजाने क्रममा उनको बाटैमा मृत्यु भएको भोजपुर प्रहरीले जनाएको छ ।  मृतक घिमिरे षडानन्द नगरपालिका–२ कुदाककाउका भएको बताइएको छ ।

प्रहरीले घिमिरेको साथबाट हतियारसमेत फेला परेको बताएको छ ।