विप्लव समूहका कास्की सेक्रेटरी सहित ४ जना पुनः पक्राउ

विप्लव समूहका कास्की सेक्रेटरी सहित ४ जना पुनः पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्वत । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका चार कार्यकर्ता पक्राउ परेका छन् । जिल्ला अदालत पर्वतको आदेशमा जनही ५ हजार धरौटीमा छुटेका कास्की जिल्ला सेक्रेटरी सहित ४ जनालाई जिल्ला प्रहरी कार्यालय पर्वतले शनिबार पुनः गिरफ्तार गरेको हो ।

पक्राउ पर्नेमा विप्लव समूहका कास्की जिल्ला सेक्रेटरी रोल्पा गंगादेव गाउँपालिका–२ का ४१ वर्षीय जंगबहादुर भण्डारी, भोजपुर जिल्ला भोजपुर नगरपालिका–१२ का नेकपा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य २६ वर्षीय मिलन राई, अखिल क्रान्तिकारी कास्की जिल्ला अध्यक्ष गोरखा सुलिकोट गाउँपालिका–६ का २७ वर्षीय काजी गुरुङ र बागलुङ ढोरपाटन नगरपालिका–६ का नेकपा समर्थक ३१ वर्षीय महेन्द्र भण्डारी रहेका छन् ।

प्रहरीले उनीहरुलाई राज्य विरुद्धको कसुर गरेको आरोप लगाउँदै जेठ २५ गते अन्नपूर्ण गाउँपालिका–११ उरी स्थित आमा समूहको भवनमा अखिल क्रान्तिकारी कास्की र पृथ्वीनारायण क्याम्पस जिल्ला कमिटीको संयुक्त बैठक बसिरहरेको बेला गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय पर्वतमा पठाएको थियो ।