काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकी नेतृ पक्राउ परेकी छन् । काठमाडौं जिल्ला इञ्चार्ज धीरेन्द्रा उपाध्याय ‘भृकुटी’लाई प्रहरीले बूढानिलकण्ठबाट पक्राउ गरेको हो ।
विप्लव समूहको गतिविधि नियन्त्रण गर्ने क्रममा मंगलबार अपराह्न उपाध्यायलाई पक्राउ गरिएको प्रहरी स्रोतले बतायो। महानगरीय प्रहरी परिसर, महानगरीय प्रहरी अपराध महाशाखा र विशेष ब्युरोको टोलीले उपाध्यायलाई पक्राउ गरेको हाे।
माइला लामापछि उपत्यकाबाट पक्राउ पर्ने भृकुटी प्रभावशाली नेतृ हुन्। नेपाल बन्दको घोषणाको पूर्वसन्ध्यामा प्रहरीले भृकुटीलाई पक्राउ गरेको हो । सरकारले विप्लव समूहको गतिविधिलाई गत फागुनदेखि प्रतिबन्ध लगाएको छ।




प्रतिक्रिया