काठमाडौं – नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले अहिलेको सरकारले संसदमा पेस गरेको मिडिया काउन्सिल सम्बन्धी विद्येयक पूर्ण खारेज गर्नुपर्ने माग गर्दै विद्येयकविरुद्ध आन्दोलनमा उत्रिन राजनैतिक पार्टीहरु, पत्रकार साथिहरुलाई आह्वान गरेको छ ।
नेपालमा प्रेस स्वतन्त्रतामाथि अंकुस लगाउने गरि सरकारले संसदमा पेस गरेको मिडिया काउन्सिल सम्बन्धी विद्येयकलाई लिएर विप्लवले मंगलबार एक विज्ञप्ति जारी गर्दै विप्लवले नेपालका जनताको रगत र पसिना र रगतद्वारा प्राप्त सीमित अधिकारहरु पनि अहिलेको केपी सरकारले एकपछि अर्को गर्दै हडप्दै गएको बताएको छ
।
विप्लवले सबैखाले परिवर्तनकारी आन्दोलनमा प्रेसको महत्वपूर्ण योगदान रहँदै आएको बताएको छ ।
विज्ञप्तिमा सरकारले गरेका गलत काम, भ्रष्टाचार, कालाबजारी, जग्गा दलाली, जनतन्त्र र राष्ट्रघातका विरुद्ध पत्रिकाहरुले लेखेकाले सञ्चार माध्यमहरुलाई नियन्त्रण गर्न खोजेको उल्लेख गरिएको छ ।





प्रतिक्रिया