विप्लव नेतृत्वको नेकपासहित तीन पार्टीले गरे चुनाव बहिष्कारको घोषणा

विप्लव नेतृत्वको नेकपासहित तीन पार्टीले गरे चुनाव बहिष्कारको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलगायत तीन कम्युनिष्ट पार्टीले मंसिर ४ को निर्वाचनको विरोध गर्दै संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् ।

आइतबार काठमाण्डुमा पत्रकार सम्मेलन गर्दै नेकपालगायत ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालले निर्वाचनको विरोधमा संयुक्त कार्यक्रम सार्वजनिक गरेका हुन्।

आगामी मंसिर ४ गते हुने निर्वाचन खारेजी,बहिष्कारको निर्णय गर्दै उनीहरुले आफूहरुको आन्दोलनमा सक्रिय सहभागीता जनाउन आह्वान पनि गरेका छन् । उनीहरुले निर्वाचनको विरोधमा कार्तिक २४ देखि ३० गतेसम्म काठमाडौंलगायत बुटवल, इटहरी, बर्दिवास, पोखरा, सुर्खेत र धनगढीमा राजनीतिक सभा गर्ने जनाएका छन् ।

२६ देखि ३० गतेसम्म देशका विभिन्न स्थानमा कोणसभा र विरोध प्रर्दशन गरिने जनाउकाे छ ।। उनले अहिलको व्यवस्थाको विरुद्धमा र नयाँ व्यवस्थाको सुरुवातका लागि आफूहरुको संघर्ष भएको बताए ।नेकपाका प्रवक्ता प्रकाण्डले क्रान्तिपछि उपलब्ध भएका जनताको अधिकारहरु एकपछि अर्को गरि कटौटी हुने गएकाले अहिलेको व्यवस्थाप्रति आफूहरुको आन्दोलन भएको बताए । मुलुकमा भ्रष्टाचार व्याप्त हुँदै गएको, सामाजिक असुरक्षा हुँदै गएको उनको भनाइ छ ।