गुल्मी – विप्लव नेतृत्व नेकपा निकट विद्यार्थी संगठनका दुई जना विद्यार्थी पक्राउ परेका छन् । अनेरास्वुवियु क्रान्तिकारीका जिल्ला सचिव बिष्णु बिक र जिल्ला सदस्य राज खड्कालाई पक्राउ गरि नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
विद्यार्थीहरुले सोमबार तम्घासको महेन्द्र नमुना माध्यामिक विद्यालयमा ब्यानर सहित खुल्ला कार्यक्रम गर्न लागेको अवस्थामा प्रहरीले पक्राउ गरेका थिए । विद्यार्थी संगठनले गर्न लागेको कार्यक्रम स्थल जिल्ला प्रहरी कार्यालय देखि ३ सय मिटर दुरीको आडैमा रहेको छ । प्रहरीले नियन्त्रणमा लिएका २ जना विद्यार्थी नेतालाई जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखेर अनुसन्धान गरिने जिल्ला प्रहर िकार्यालयले जनाएको छ ।




प्रतिक्रिया