काठमाण्डु – नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता हेमन्तप्रकाश वलीलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।बिहीबार न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासले वलीलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो ।
हातहतियार खरखजाना, विष्फोटक पदार्थ, राजद्रोह र संगठित अपराध मुद्दामा जिल्ला अदालत ललितपुरले २०७६ जेठ १० गते वलीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । उच्च अदालत पाटनले जिल्लाको आदेश सदर गरेसँगै उनी लामो सयमदेखि नख्खु कारागारमा थिए ।




प्रतिक्रिया