सर्लाही इन्काउन्टर : इन्चार्जको हत्यामाथि छानबिन शुरु

सर्लाही इन्काउन्टर : इन्चार्जको हत्यामाथि छानबिन शुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल मारिएको घटनाको विषयमा अनुसन्धान हुने भएको छ ।

शुक्रबार राष्ट्रिय मानवअधिकार आयोगले एक विज्ञप्ति जारी गर्दै विप्लवका सर्लाही जिल्ला इन्चार्ज पौडेल मारिएको घटनाको विषयमा सत्यतथ्य पत्ता लगाउन केन्द्रीय कार्यालय र प्रदेश नम्बर २ कार्यालय टोलीले अनुसन्धान गर्ने जनाएको हो ।

छानबिनका लागि केन्द्रीय कार्यालयबाट शुक्रबार बिहानै टोली घटनास्थलतर्फ गएको आयोगका प्रवक्ता देव भट्टराईले जानकारी दिए ।

सर्लाहीमा दोहोरो भिडन्तको क्रममा प्रहरीको गोलीबाट यही असार ५ गते नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) का जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्यु भएको भनिएको घटनाप्रति आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सर्लाही जिल्लाको लालबन्दी नगरपालिका–१ लखनदेही खोला नजिकै जंगलमा दोहोरो भिडन्त हुँदा प्रहरीका गोली लागि पौडेलको मृत्यु भएको प्रहरीले दावी गरेको छ