बैतडी – प्रहरीले बैतडीमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूह एक कार्यकर्तालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पुर्चौडी नगरपालिका–३ सल्लेबनका ४६ वर्षीय नैन सिंह धामी रहेका छन् ।
उनलाई घरबाटै पक्राउ गरि हिरासतमा राखेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दीपक पातललीले जानकारी दिए । पक्राउ परेका धामी विप्लवका गाउँ कमिटी सदस्य रहेका बताइएको छ ।
धामी यसअघि साउन १५ गते राती पुर्चौडीको कुँडीधारमा रहेको एनसेलको टावरमा आगजनी र तोडफोडमा संलग्न रहेको आशंका गरिएको छ । उनलाई जिल्ला अदालत बैतडीवाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया