बत्तीसपुतलीबाट विप्लव समूहका तीन नेता पक्राउ


काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका केन्द्रीय सदस्यसहित तीन जना पक्राउ परेका छन् ।
सोमबार काठमाडौंको बत्तीसपुतलीमा पार्टीको रणनीति बनाउने क्रममा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले विप्लव समूहका केन्द्रीय सदस्य डम्बरबहादुर गुरुङ, वैकल्पिक केन्द्रीय सदस्य मकर गुरुङ र उमा गुरुङलाई पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनामाथि अनुसन्धान थालिएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement