विप्लवका जिल्ला नेता पक्राउ

विप्लवका जिल्ला नेता पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका एक जिल्ला नेता अत्याधुनिक हतियारसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा निमा दोर्जी तामाङ रहेको प्रहरीले जनाएको छ ।

उनलाई गत १६ असारमा भिडन्त भएको संखुवासभाको तिलिचुङ गाउँपालिका–१ नजिकैको हाइला खोला क्षेत्रबाट पक्राउ गरिएको हो ।

तामाङको साथबाट एक थान एसएलआर, सोको म्यागजिन थान १, ११० थान गोली, एलएमजीको म्यागजिन र विद्युतीय धरापमा प्रयोग गरिने तार बरामद भएको दाबी प्रहरीले गरेको छ ।

तामाङलाई हाल जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान जारी राखिएको छ ।