दाङबाट विप्लवका दाजुसहित २१ नेता–कार्यकर्ता पक्राउ

दाङबाट विप्लवका दाजुसहित २१ नेता–कार्यकर्ता पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका २१ जना नेता तथ कार्यकर्ता पक्राउ परेका छन् । दाङको राजपुर गाउँपालिका–४, मुग्रेटाखोलास्थित एक जंगलबाट मध्यराति उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा विप्लव समूहका मध्यपश्चिम कमाण्ड ईञ्चार्ज वीरजंग चन्द, केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो ईञ्चार्ज सुवास बाठा, युवा संगठनका केन्द्रीय अध्यक्ष पाटनलगायतका छन् ।

वीरजंग चन्द पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लवका दाजु भएको बताइएको छ । जंगलमा बैठक तयारी भइरहेको सूचनाका आधारमा बिहीबार राति १ बजेतिर उनीहरुलाई पक्राउ गरिएको दाङका प्रहरी प्रमुख एसपी जनक भट्टराईले जानकारी दिए । सरकारले प्रतिबन्ध लगाएयता विप्लव समूहका नेता कार्यकर्ता लगातार पक्राउ परिरहेका छन् ।