विप्लवले जिम्मेवारीबाट हटाएको भोलिपल्टै समातिए नेता लोहनी

विप्लवले जिम्मेवारीबाट हटाएको भोलिपल्टै समातिए नेता लोहनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – नेत्रविक्रम चन्द विप्लव समूहका एक नेता पक्राउ परेका छन् । पक्राउ पर्नेमा भरतपुर निवासी गुणराज लोहनी रहेका छन् ।

पार्टीका केन्द्रीय सदस्य रहेका लोहनीलाई स्वास्थ्य समस्याको कारण देखाउँदैं विप्लवले सोमबार एक विज्ञप्ति जारी गर्दै जिम्मेवारीबाट मुक्त गरेको थियो । लोहनी पदमुक्त भएको भोलिपल्टै प्रहरीले मंगलबार भरतपुरस्थित आफ्नै निवास बसेनीबाट पक्राउ गरेको हो ।