विप्लवका प्रभावशाली नेताले दिए राजिनामा

विप्लवका प्रभावशाली नेताले दिए राजिनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सम्बद्ध एक नेताले पार्टी त्याग गरेका छन् ।

विद्यार्थी संगठन अखिल क्रान्तिकारी संखुवासभाका जिल्ला अध्यक्ष रमेश कार्कीले पार्टी परित्याग गरेका हुन् । कार्कीले एक विज्ञप्ति जारी गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन् ।

उनले शान्तिपूर्ण जीवनयापन गर्न चाहेकाले पार्टीबाट अलग भएको विज्ञप्तिमा उल्लेख गरेका छन् । सर्वसाधारण र मानवअधिकारकर्मीका रूपमा सक्रिय हुने उनको घोषणा छ  ।