गुल्मी – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला सेक्रेटरी खिम खड्का रिहा भएका छन् ।
बन्दी प्रत्यक्षीकरण रिट माथी सुनुवाई गर्दै सर्वोच्च अदालतले तत्काल थुनामुक्त गर्ने आदेश दिएपछि उनि चार महिनापछि रिहा भएका हुन ।
उनलाई फागुन १९ गते शान्ति सुरक्षामा खलल पुराएको आरोपमा जिल्ला प्रहरी कार्यालय गुल्मीले सदरमुकाम तम्घासबाट पक्राउ गरेको थियो ।
उनलाई प्रशासनले पटक–पटक धरौटीमा छाड्दै बाहिर निस्कन साथ प्रहरीले पुनः पक्राउ गरी हिरासतमा राख्ने गरेको थियो ।




प्रतिक्रिया