विप्लव पार्टीबाट निकालिए, धर्मेन्द्र बाँस्तोला बने नयाँ संयोजक

विप्लव पार्टीबाट निकालिए, धर्मेन्द्र बाँस्तोला बने नयाँ संयोजक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव पार्टीबाट निस्काशित भएका छन् । विप्लवले केहि दिनअघि सचिवालय सदस्य हेमन्तप्रकाश वली ‘सुदर्शन’ र धमेन्द्र बाँस्तोला ‘कञ्चन’लाई जिम्मेवारी मुक्त गरेका थिए ।

दुई नेता जिम्मेवारी मुक्त भएपछि असन्तुष्ट समूहको चितवनमा बसेको भेलाले विप्लवलाई कारबाही गर्ने र पार्टीबाटै निस्काशन गर्ने निर्णय गरेको हो । त्यस्तै भेलाले पार्टी प्रवक्ता खड्बहादुर विश्वकर्मालाई समेत जिम्मेवारीबाट हटाएको छ ।

भेलाले धर्मेन्द्र बाँस्तोलाको नेतृत्वमा पार्टी पुनर्गठन गरेको जनाएको छ । यहि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिने कि नलिने भन्ने विषयमा विप्लव नेतृत्वको नेकपामा विवाद सुरु भएको थियो । विवाद चर्किदैं जाँदा विप्लव नेतृतवको नेकपा औपचारिक फुटको डिलमा पुगेको हो ।